+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पोखराका होटेल रेस्टुरेन्टबाट ६ बालश्रमिक उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २७ गते २०:४२
Photo Credit : तस्वीर सौजन्य : प्रीति पाण्डे

२७ असार, पोखरा । पोखराका विभिन्न होटेल तथा रेस्टुरेन्टबाट शुक्रबार ६ जना बालबालिकालाई उद्धार गरिएको छ । थोरै तलबमा कठिन काममा लगाएको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरिएको हो ।

उद्धारपश्चात ती बालबालिकालाई आफन्तको जिम्मा लगाइसकिएको र काममा लगाउनेलाई कारबाही प्रक्रिया अघि बढाइएको कार्यालय प्रमुख गणेशप्रसाद श्रेष्ठले जानकारी दिए । मनिपाल मेडिकल कलेज, फूलबारी आसपासका होटेल रेस्टुरेन्टबाट ५ जना र महेन्द्रपुलको होटेलबाट १ जनालाई उद्धार गरिएको उनले बताए ।

श्रम तथा रोजगार कार्यालयको नेतृत्वमा पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ, शक्ति समूह, बालहितकारी परियोजना, सिविनको सहयोगमा ती बालबालिकाको उद्धार गरिएको हो ।

‘उद्धार गरिएकामध्ये १ जना बालिका हुन् भने बाँकी बालक हुन्,’ श्रेष्ठले भने, ‘५ जनालाई उनीहरुले पाउनुपर्ने न्यूनतम तलब दिलाएर आफन्तको जिम्मा लगाइएको हो ।’ आफ्नै काकाको होटेलमा काम गर्ने एक भारतीय बालक भने उद्धारपछि पनि भागेर पुनः काममै फर्किएको जनाइएको छ ।

कठिन काममा लगाइएका कारण उनीहरुका हात, खुट्टामा घाउ देखिएको छ । उद्धारपछि २ बालकलाई बालहितकारी परियोजना, बालिकालाई शक्ति समूह र ३ बालकलाई सिविनमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?