Comments Add Comment

विम्बल्डन टेनिस : नाडाललाई हराउँदै फेडेरर फाइनलमा

Photo Credit : sky sports

२८ असार, काठमाडौं । विश्वको सबैभन्दा ठूलो टेनिस प्रतियोगिता विम्बल्डनको उपाधिका लागि नोभाक जोकोभिच र रोजर फेडेरर भिड्ने भएका छन् । फाइनल खेल आइतबार हुने छ ।

सेमिफाइनल खेलमा शीर्ष वरियता प्राप्त सर्भियाका जोकोभिचले स्पेनका रोबर्टो बाटिस्टालाई र दोस्रो वरियताका स्वीटजरल्याण्डका फेडेररले स्पेनका रफायल नाडाललाई हराएका थिए ।

दोस्रो वरियताका फेडेरर र तेस्रो वरियताका स्पेनका रफायल नाडालबीच भएको प्रतिस्पर्धा हेर्नका लागि विम्बल्डनको सेन्टर कोर्ट दर्शकहरुले खचाखच भरिएको थियो ।

फेडररले पहिलो सेट ट्राइबेकरमा ७-६ ले जिते । दोस्रो सेटमा नाडालले पुनरागमन गर्दै फेडररलाई ६-१ ले हराए । तर फेडेररले नाडालको यो खुसी अन्य दुई सेट जितेर चकानुचर पारिदिए । फेडेररले आफ्नो सर्भिस र रिटर्नमा गजबको नियन्त्रण देखाउँदै तेस्रो सेट ६-३ ले र चौथो सेट ६-४ ले जिते । उनले यो म्याच ७-६, १-६, ६-३ र ६-४ ले जिते ।

यसअघि सन् २०१७ मा फेडेररले विम्बल्डनको उपाधि जितेका थिए । फेडरर गत वर्ष विम्बल्डनको क्वार्टर फाइनलमा दक्षिण अफि्रकाका केविन एन्डरसनसँग हारेका थिए ।
विम्बल्डमा एक समय फेडेररको दबदबा थियो, जब उनले सन् २००३ देखि २००७ सम्म लगातार पाँच पटक उपाधि जितेका थिए । त्यसपछि पनि सन् २००९ र २०१२ मा उनले नै उपाधि उचाले । त्यसपछि च्याम्पियन बन्नका लागि उनले पाँच वर्ष कुर्नुपर्यो । अर्थात् सन् २०१२ पछि उनले सन् २०१७ मा उपाधि जितेका थिए ।

आगामी महिना ३८ वर्ष पुग्न लागेका फेडररको नाममा २० औं ग्राण्डस्लामको उपाधिसमेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment