
२८ असार, काठमाडौं । ठूला बैंकहरुको मर्जर गर्ने सरकारी चाहाना अनुरुप जनता बेंक नेपालसँग मर्जरमा जाने सहमति गरेको ग्लोब आइएमई बैंकले साधारणसभा बोलाएको छ । हाथवे फाइनान्सलाई एक्विजिशन गर्ने अन्तिम निर्णय गर्न बैंकले साउन १४ गते विशेष साधारणसभा गरेको हो ।
हाथ वे फाइनान्सलाई प्राप्ति गर्र्नका लागि बैंकले यस अघि नै निर्णय गरिसेको छ । हाथ वेलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिम सहमति समेत पाइसकेको यस बैंकले ‘बिग मर्जर’ को चर्चा शुरु भए सँगै जनता बैंकसँग मर्जरमा जाने सहमति गरेको थियो ।
जनता बैंकसँग मर्जरमा जानु अघि नै बैंकले हाथ वे फाइनान्सलाई गाभिसक्ने गरी तयारी गरेको छ । एकै पटक कुनै संस्थालाई गाभ्ने र अर्को संस्थासँग मर्जरमा जान नपाउने नीतिका कारण जनतासँग मर्ज हुनु अगावै बैंकले हाथवेको प्रक्रिया सक्ने तयारी गरेको हो ।
बैंकको शुक्रबार अपरान्ह बसेको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो । जनता बैंकसँग मर्जरमा जाने सहमति गरिसकेकाले बैंकको सेयर कारोबार भने २२ गतेदेखि नै रोक्का रहेको छ ।
साधारणसभामा भाग लिनका लागि असार २१ गतेसम्मा नै सेयरधनी भइसकेको हुनुपर्नेछ ।
प्रतिक्रिया 4