Comments Add Comment

सनराइज बैंकको सीईओमा जनक शर्मा

२९ असार, काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) मा जनकशर्मा पौड्याल नियुक्त हुने भएका छन् । बैंक सञ्चालक समितिले पौड्याललाई ४ वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका एक सञ्चालकले दिएको जानकारी अनुसार आइतबार बिहान बसेकाे सञ्चालक समिति बैठकले पौड्याललाई नियुक्त गर्ने निर्णय गरेकाे हो । ‘हामीले जनक जीलाई नियुक्त गर्ने निर्णय गरेका छौं, नियुक्त नै चाहिँ हुनु भएको छैन’ ति सञ्चालकले भने । ति सञ्चालकका अनुसार सोमबार औपचारिक रुपमा सीईओ नियुक्तिबारे जानकारी दिने बैंकको तयारी छ ।

यस अघि सनराइज बैंकले सीईओमा निरज श्रेष्ठलाई नियुक्त  गरेको थियो । आफ्नो नियुक्तिलाई लिएर बैंक सञ्चालक समितिमा बिवाद भएको भन्दै श्रेष्ठले कार्यभार नसम्हाल्ने भन्दै पत्राचार गरेका थिए । सीईओमा नियुक्त भएका पौड्याल यस अघि ग्लोब आइएमई बैंकका सीईओ थिए । गत माघमा राजिनामा दिएर ग्लोबल आइएमई छाडेका उनको ६ महिनाको कुलिङ पेरियड समेत समाप्त भइसकेको छ ।

बैंकिङ क्षेत्रमा ३ दशक बढी बिताएका उनले सन् १९८४ नविल बैंकको शाखा प्रबन्धक पदबाट यात्रा सुरु गरेका थिए । नविलमा ११ वर्ष बित्दै गर्दा सञ्चालनको तयारीमा रहेको नेपाल इन्डष्ट्रियल एण्ड कमर्सियल बैंक ९हाल एनआईसी एसिया० मा राम्रो अवसर आयो । त्यहाँ आधा दशक काम गरेका लक्ष्मी बैंकको स्थापनाकालमै आवद्ध भए ।

याे पनि पढ्नुहाेस् ः

‘तरलता अभावले अझै ४-५ वर्ष पिरोल्छ’

व्यवसायी राजेन्द्र खेतान बैंक खोल्न लाइसेन्स लिएर बसेका थिए । बैंक सञ्चालनका लागि नेतृत्व लिन भनेपछि पौड्यालले एनआईसी एसिया छाडे । तर, राष्ट्र बैंकले सीईओका लागि स्नात्तकोत्तर पास गरेको हुनुपर्ने प्रावधान ल्याउन लागेको चर्चा चलेपछि १५ महिने अध्ययन बिदा लिए । लण्डनमा एक वर्षमै एमबीए सकिने भएपछि पौड्याल त्यतै लागे । पढ्दापढ्दै बेलायतको पीआर पाएपछि केही समय उतै काम गरे ।

आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्किएको बताउने पौडेल ०६५ सालमा ग्लोबल आइएमई बैंकमा सहायक महाप्रबन्धक बने । त्यसपछि नायव महाप्रबन्धक, महाप्रबन्धक, नायव प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुँदै सीईओ भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment