
२९ असार, काठमाडौं । साताको पहिलो दिन सेयर बजार स्थिर देखिएको छ । बजार ०.९५ अंक अर्थात ०.०८ प्रतिशतको झिनो वृद्धि देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ०.९५ अंकले वृद्धि भएर १२४९.४९ मा पुगेर बन्द भएको हो ।
होटल, जलविद्युत्, विकास बैंक, जीवन बीमा लगायतका आधा दर्जन उपसमूहरु हरियाली देखिएका छन् भने बैंकिङ, फाइनान्स, उत्पादनमूलक कम्पनीका साथै लघुवित्त समेत गरी ५ वटा उपसूचक राताम्मे देखिएका छन् ।
कारोबार रकम २९ करोड पनि पुग्न सकेन । दिनभर भएका ४ हजार ९ सय २१ कारोबारबाट १६१ कम्पनीका १० लाख ४२ हजार ६ सय ४६ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम २८ करोड ५२ लाख १४ हजार ५ सय ७२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार रकमका आधारमा आइतबार नागरिक लगानी कोष देखिएको छ । यसको २ करोड ५३ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया 4