
३० असार, काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा मृत्यु हुनेहरुको संख्या ६५ पुगेको छ । सोमबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको हो । मृत्यु हुनेहरुमा ४१ पुरुष र २४ महिला छन् ।
असार ३० गते ०७:०० बजे सम्मको #Update
अविरल वर्षाको कारण हाल सम्म
६५ जनाको मृत्यु ( महिला २४, पुरुष ४१)
३८ जना घाईते ( महिला १७, पुरुष २१)
३० जना बेपत्ता ( महिला १२, पुरुष १८)
१,४४६ जनाको सकुशल उद्धार#NepalFlood2019 pic.twitter.com/rVMNajBghJ— Nepal Police (@NepalPoliceHQ) July 15, 2019
१२ पुरुष र १८ महिला गरी जम्मा ३० जना वेपत्ता छन् । ३८ जना घाइते छन् भने १ हजार ४४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ । सयौं वस्ती डुबानमा परेका छन् । पीडितहरुले राहत नपाएको गुनासो गरेका छन् । सडकहरु भत्किएर यातायात आवागमन पनि प्रभावित भएको छ । १४ जिल्लाका सडकहरुमा क्षति पुगेको प्रहरीको तथ्यांक छ ।
प्रतिक्रिया 4