Comments Add Comment

रोपाइँ सकिएपछिको मनमोहक खोकना (फोटो फिचर)

Photo Credit : चन्द्र आले

३० असार, काठमाडौं । असार महिना धान रोपाइँ गर्ने महिना हो । तर, केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानले देशका धेरै क्षेत्र आक्रान्त छ ।

पहाडमा पहिरो, तराईमा बाढी र डुवानका कारण जनजीवन प्रभावित भएको छ । असार २६ गतेअघिसम्म रोपाइँ गर्ने पर्याप्त पानी नहुँदा किसानहरु चिन्तामा थिए । तर, अहिले बाढी, पहिरो र डुवानले कतिपय ठाउँमा खेतसमेत पुरिएको छ ।

काठमाडौं उपत्यकाका मुख्य शहरी क्षेत्रमा खोला किनारका बस्ती बाढीले डुवाउँदा काँठ क्षेत्रमा भने रोपाइँ गरिसकेको खेत हरिया देखिन थालेको छ । काठमाडौं उपत्यकामा प्राय असार महिनामा नै रोपाइँ सकिन्छ । समयमा वर्षा नहुँदा रोपाइँमा केही ढिलाइ भए पनि असार अन्त्यसम्म आउँदा उपत्यकाका धेरै खेतमा रोपाइँ सकिएको छ । कतिपय ठाउँमा खेत हरियो भइसकेको छ ।

मुख्य शहरी क्षेत्रमा खेत देख्न पाइँदैन, तर मुख्य शहरबाट केही बाहिर भने खेत मासिइसकेको छैन । त्यसैले त शहरको कोलाहलबाट केही बाहिर घुम्न जानेहरुले धान रोपेका मनमोहक फाँटहरु देख्न सक्छन् ।

काठमाडौंको फर्पिङ र ललितपुरको खोकनामा रोपाइँ गरिसकेपछिको तस्वीर हेर्नुहोस् :

तस्वीरहरू : चन्द्र आले 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment