Comments Add Comment

संसद बैठक सूचना टाँसेर स्थगित

३० असार, काठमाडौं । बाढी, पहिरो र डुवानबारे संसदमा छलफल गर्ने विपक्षी नेपाली कांग्रेस र राजपाको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सहमत नभएपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

अर्को बैठक ८ साउनमा बस्नेछ ।

कांग्रेस र राजपाले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर बाढी, पहिरो र डुवानबारे संसदमा छलफल गर्ने प्रस्ताव सोमबार संसद सचिवालयमा दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment