+
+
Shares

गोंगबुबाट बरामद हतियार सुन लुट्न ल्याइएको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३० गते १३:२९

३० असार, काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले पेस्तोल र ५ राउण्ड गोलीसहित पक्राउ गरेका व्यक्तिहरु सुन लुट्ने योजनामा रहेको दाबी गरिएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका अधिकृतसमक्ष बयान दिने क्रममा अभियुक्तले सुन लुट्ने योजना रहेको उल्लेख गरेको दाबी गरिएको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले अनलाइनखबरसँग भने, ‘उनीहरुले सुन लुट्ने योजना बनाएर हतियार ल्याएको देखिएको छ ।’ यद्यपि, कहाँ र कहिले सुन लुट्न लागिएको थियो भन्ने नखुलेको थापाले बताए ।

लुटपाटको योजना चाहिँ चक्रपथको एक क्याफेमा बनेको उनको दाबी छ ।

आइतबार साँझ गोंगबुको नेपाल तारा गेष्ट हाउसबाट पेट्रो बाराटा अटोमेटिक पेस्तोल र ५ राउण्ड गालीसहित झापाका सविन खवास, नुवाकोटका रामकुमार राई र प्रितम राई पक्राउ परेका थिए ।

एसएसपी थापाका अनुसार ठेक्कापट्टाको सिलसिलामा खवासको राईद्वयसँग चिनजान भएको थियो । खवासले नै मोटो रकम हात पर्दैछ भनेर उनीहरुलाई हतियारसहित बोलाएको प्रहरीको दाबी छ ।

पुरानै अभियुक्त

पक्राउ परेकामध्ये अधिकांश यसअघि पनि अपराधमा संलग्न भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १९ फागुन २०७३ मा खवास अपहरण तथा शरीर बन्धक मुद्दामा हतियारसहित पक्राउ परेका थिए । यो वर्ष ८ मंसिरमा खवास छुटेका थिए ।

कारागारमुक्त भएलगत्तै खवासले समूह खडा गरेर लुटपाटको योजना बनाएको जनाइएको छ ।

प्रितम गत मंसिरमा जिल्ला प्रहरी कार्यालय, नुवाकोटबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पक्राउ परेका थिए । रामकुमारमाथि पनि सार्वजनिक अपराध मुद्दा चलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?