+
+

सञ्चार माध्यममा विदेशी लगानी अस्वीकार्य : मन्त्री बास्कोटा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३० गते १५:३५

३० असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् ।

सोमबार सञ्चार उद्यमीहरुसँग भएको अन्तर्क्रिया कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले भने, ‘संचार माध्याममा विदेशी लगानी स्वीकार हुँदैन । एक, दुई, तीन हुँदैन ।’

उनले आतंकवादबारे पनि मिडियाको दृष्टिकोण प्रष्ट हुनुपर्ने बताए ।

मन्त्री बास्कोटाले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यामलाई कारबाही हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?