+
+
Shares

अनुदानको रकममा काठमाडौं महानगरका नासुले भाग खोजे

१ लाख ७ हजारसहित रंगेहात पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३० गते १७:३८

३० असार, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छुट्याएको अनुदानको रकममा भाग खोज्ने काठमाडौं महानगरपालिकाका नायब सुब्बा पक्राउ परेका छन् ।

महानगरका नासु कृष्णप्रसाद सोती अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार  सोतीले पर्यटन प्रबर्द्धनका लागि मन्त्रालयले एक गैरसरकारी संस्थालाई छुट्याएको रकममा कमिसन मागेका थिए ।

तर, विशेष सूचनाका आधारमा बबरमहलस्थित कार्यालयमा पुगेको टोलीले उनलाई १ लाख ७ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको कोइरालाले अनलाइनखबरलाई बताए ।

अनुदान रकम मन्त्रालयबाट छुट्टिने भए पनि महानगरको सामाजिक विकास शाखामार्फत बाँड्ने व्यवस्था छ । मन्त्रालयबाट स्वीकृत कार्यक्रम सकिएर बिल फर्छ्यौट गर्ने वेलामा नासुले रकम मागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?