Comments Add Comment

तपाईंको बच्चाको उचाइ त ठीक छ ?

आजको युगमा आफ्ना सन्तानको शारीरिक उचाइ अर्थात हाइट धेरै होस् भन्ने चाहाना कुन आमा-बुबाको हुँदैन होला ?

आफ्ना सन्तान अरुको अगाडि अग्लो देखियोस् भन्ने चाहाना त सबैको हुन्छ । तर चाहेर पनि कति अभिभावकले आफ्ना सन्तानको हाइट अग्लो बनाउन सकिरहेका हुँदैनन् ।

धेरै जसो बच्चाको हाइट उनीहरुका आमा-बुबाको अनुसार नै हुन्छ, जसलाई हामी बंशाणु (जेनेटिक) गुण भन्छौ । तर कहिलेकाहिं अग्ला आमा-बुबाका सन्तान पनि होचा हुने समस्या हुन्छ, जसको कारण हो हार्मोन ग्रोथ नहुनु ।

आफ्ना बच्चाको उमेर अनुसार हाइट नबढ्नु अहिलेको अभिभावकमा चिन्ताको बिषय बनेको छ । त्यसो त केटाको हाइट २५ वर्षसम्म र केटीको हाइट १८ वर्षसम्म बढ्छ भन्ने आम मान्यता रहँदै आएको छ ।

कम हाइटका कारण बच्चाको व्यवहार पनि परिवर्तन हुन सक्छ । कम हाइट भएका बच्चाले अरुको अगाडि आफुलाई कमजोर सोच्न थाल्छन् । बच्चामा हाइट कम हुनाले उनीहरुको व्यवहारमा चिढचिढापन आउन थाल्छ । यदि तपाईको बच्चाको पनि उमेर अनुसार हाइटमा बृद्धि भएको छैन भने यि कुराहरुमा ध्यान दिनुहोस् ।

व्यायाम आवश्यक

बच्चालाई बिहान व्यायाम गराउन अति नै आवश्यक छ । बच्चा बिहान उठ्न गाह्रो मान्नु स्वभाविक नै हो, तर आफ्नो बच्चाको राम्रो स्वस्थको लागि अभिभावकको पनि केहि दायित्व हुन्छ । बच्चालाई डोरि खेल्न लगाउने, उर्फने र दौडने जस्ता व्यायामहरु गराउन सकिन्छ । बच्चाको राम्रो शारीरिक विकासका लागि साइक्लिङ पनि आवश्यक छ । आफ्ना बच्चाहरुलाई बिहान-बेलुका केही समय साइक्लिङ गराउनु उपयुक्त हुन्छ ।

खानपानमा ध्यान दिनुपर्छ

बच्चाले गर्ने खानपानले उसको शारीरीक विकास संग-संगै मानसिक विकासमा पनि प्रभाव पर्छ । तपाईको बच्चाको खानपान राम्रो छ भने उसको हाइट त बढ्छ नै, साथै उ स्वस्थ र एक्टिभ पनि देखिन्छ । त्यसैले बच्चाको बाल्यवस्थाबाट नै खानपानमा ध्यान दिनु पर्छ । बच्चालाई कस्ता किसिमका खानेकुरा दिने बारेमा केही जानकारीः

-बच्चलाई चना भिजाएर खान दिनुहोस् । चनालाई त्यसै खाँदा मीठो लागेन भने प्याज र गोलभेडा मिसाएर टिफिन पनि पठाउन सक्नु हुन्छ ।

-दुध र दुधबाट बनेका चीजहरु बच्चालाई खान दिनुहोस् जस्तै दही, ध्यु, पनीर इत्यादि । दुधमा क्याल्सियमको मात्रा धेरै हुने भएकोले हड्डी बलियो बनाउनुको साथै हड्डीको विकास पनि हुन्छ ।

-बच्चाको विकासको लागि भिटामिन डी पनि अति आवश्यक हुन्छ । भिटामिन डीको लागि बिहान र साँझको घाम राम्रो मानिन्छ । तपाई बच्चालाई बिहानको घाम राख्न सक्नुहुन्छ, यसले बच्चालाई भिटामिन डी प्राप्त हुन्छ । त्यस्तै बच्चाको खानामा मसरुम, पनीर, भटमास, बदाम र सुन्तला समावेश गर्न सक्नु हुन्छ ।

-बच्चालाई अण्डाको पहेंलो भाग र हरीयो सागपात पनि खान दिनु पर्छ ।

पर्याप्त निद्रा आवश्यक

शरीर विकासको लागि पर्याप्त निद्रा आवश्यक हुन्छ । सुतेपछि हाम्रो शरीरको ग्रोथ हार्मोनले राम्रो काम गर्छ । त्यसैले बच्चालाई सुताउनु अगाडि यी कुराहरुमा ध्यान दिनु आवश्यक छः

-राम्रो निद्राको लागि बच्चालाई खुकुलो कपडा लगाईदिनु पर्छ ।

-सुत्नु अगाडि हात मुख धुवाएर मात्र सुताउनु पर्छ ।

-पर्याप्त निद्राका लागि ओछ्यान सफा र आरामदायक हुनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment