+
+

हज गर्न जाने पहिलो टोलीलाई बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २ गते ८:१४

२ साउन, काठमाडौं । साउदी अरबमा हज गर्न जाने पहिलो टोलीलाई विदाइ गरिएको छ । बिहान १५६ सदस्यीय पहिलो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरिएको हो ।

टोलीलाई गृहमन्त्री रामबहादुर थापा बादलले बिदाइ गरे ।  बिदाइ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईलगायत उपस्थित थिए । त्यसैगरी, नेपालका लागि साउदी र युएईका राजदूतहरु पनि विमानस्थल पुगेका थिए ।
यसपटक साउदी अरबको मक्का मदिनामा १५ सय नेपाली हज गर्न जानेछन् । अघिल्लो वर्ष १२ सय जनाको कोटा थियो ।

बिदाइ कार्यक्रममा गृहमन्त्री थापाले नेपाली हज टोलीको ३ सय कोटा बढाउन सरकार सफल भएको बताए । उनले सबै धर्मको संरक्षण संबर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?