Comments Add Comment

सुरक्षाको गुनासो–‘हिरोसँग नाच्न मन छ, तर अफर नै आउँदैन’

सुरक्षा पन्तलाई चलचित्रमा फरक अभिनय गर्ने अभिनेत्रीको रुपमा हेर्ने गरिन्छ । उनले अभिनय गरेका चलचित्र व्यापारिक रुपमा खासै सफल भएका छैनन् । चलचित्रले हलमा व्यापार नगरे पनि सुरक्षाको कामको तारिफ राम्रै भएको पाइन्छ । उनी पनि यस्तै भूमिकामा काम गर्न रुचाउँछिन् ।

उनी भन्छिन्–‘कसैले यो चलचित्र व्यापारिक रुपमा हिट नभएपनि बनिरहेको चलचित्र भन्दा फरक छ भन्ने लाग्छ भने मलाई अफर गर्नुभए हुन्छ ।’ सुरक्षा चलचित्र क्षेत्रमा हिट हुने सोच बोकेर आएकी हैनन् । उनलाई राम्रो काम गर्नु छ । उनी भन्छिन्–‘म स्टार बन्छु भन्ने सोच बोकेर आएकी होइनँँ । मलाई राम्रो काम गर्न पाए पुग्छ ।’

सुरक्षालाई व्यापारिक चलचित्रमा पनि काम गर्ने मन छ । तर, निर्माता–निर्देशकले उनलाई अफर नै गरेका छैनन् । गुनासो गर्दै उनी भन्छिन्–‘हाम्रो चलचित्र मेकरहरुले एक पात्र देख्नुभयो भने सधै त्यसैको पछि लाग्नुहुन्छ । त्यसले गर्दा त हामीमा भएको खुबी नै देखिदैन । हाम्रो खुबीलाई कसले देखाउने त ?’

सुरक्षा आफूलाई ग्लामर भएर नायकसँग नाच्न मन भएको बताउँछिन् । उनले अगाडि थपिन्–‘मलाई पनि नायकसँग रोमान्टिक बनेर नाच्ने मन छ । तर, त्यो कुरालाई कोही निर्माता निर्देशकले देखेका नै छैनन् । जस्तो मैले गरिरहेको छु त्यस्तो मात्र खोज्नुहुन्छ ।’

अहिले सुरक्षा पन्त अभिनित चलचित्र ‘घर’ रिलिजको तयारीमा छ । यो चलचित्रमा सुरक्षा भूत बनेकी छिन् । यो चलचित्रमा काम गर्दा धेरै कुराहरु सिक्न पाएको उनी बताउँछिन् । उनले भनिन्–‘घर चलचित्र त मेरो लागि चलचित्रको राम्रो विद्यालय बन्यो । यो टिमसँग मैले धेरै कुराहरु सिक्न पाएको छु ।’

चलचित्रमा काम गर्दा भने सुरक्षालाई केही गाह्रो भएको थियो । शरीर पुरै बटार्नु पर्ने भएकाले पनि काम गर्न गाह्रो भएको सुरक्षाको भनाई छ । ‘हाम्रो शरीर त्यती लचिलो छैन । त्यसैले काम गर्न गाह्रो भयो’, सुरक्षाले भनिन्, ‘हामी टेक्निकल रुपमा पनि पछाडि छौ । यदि राम्रो प्रविधि हुने हो भने त्यो मेहनत पनि गर्नु पर्दैन थियो ।’ चलचित्र ‘घर’ भोली शुक्रबारबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment