Comments Add Comment

कहिले चम्किएला मिरुनाको भाग्य ?

चलचित्र ‘लालपूर्जा’बाट डेब्यू गरेकी नायिका मिरुना मगरलाई सुन्दर नायिकाको रुपमा चिनिन्छ । पहिलो चलचित्रबाट नै असफलता ब्यहोरेकी मिरुनाले दोस्रो चलचित्र ‘रोज’मा अहिलेका चल्तीका नायक प्रदिप खड्कासँग पनि काम गरिन् । तर, प्रदिप पनि मिरुनाको लागि लक्की सावित हुन सकेनन् । ‘रोज’ पनि बक्स अफिसमा चलेन ।

अहिले मिरुनाको अभिनय रहेको चलचित्र ‘साईनो’ रिलिजको तयारीमा छ । पहिलो नायिका भूवन चन्दले निर्माण गरेको यो चलचित्रमा मिरुनाको मुख्य भूमिका छ । चलचित्रबाट उनी निकै नै आशावादी छिन् ।

यो चलचित्र सफल भएको खण्डमा सुन्दर नायिका मिरुना मगरले पहिलो पटक सफलताको स्वाद चाख्नेछिन् । यो चलचित्र सफल हुँदा मिरुनालाई अझै राम्रो चलचित्रको अफर आउने पक्का छ । साथमा, सुन्दरताको मात्र होइन उनको स्टारडमको चर्चा पनि बढ्नेछ ।

मिरुना सफल चलचित्रको लागि समय कुरिरहेकी छिन् । लण्डनबाट नेपाल आएर चलचित्रमा व्यस्त बनेकी मिरुना ‘साईनो’ लक्की हुनेमा आशावादी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment