२ साउन, कैलाली । धनगढीको शहीद गेटमा विष्फोट हुँदा ४ जना गम्भिर घाइते भएका छन् । बिहीबार साँझ निलम होटलमा विस्फोट हुँदा उनीहरु घाइते भएका हुन् ।
प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले घटनाको पुष्टि गर्दै सिलिण्डर वा के विष्फोट भएको थियो भन्ने यकिन भइनसकेको अनलाइनखबरलाई बताए ।
घाइतेको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको जनाइएको छ । परिचय भने खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4