Comments Add Comment

मरणोपरान्त अंगदान गर्ने परराष्ट्रमन्त्री दम्पतीको घोषणा

३ साउन,काठमाडौं । परराष्ट्रमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली दम्पत्तीले आफ्ना शरीरका बिभिन्न अंग मृत्युपश्चात जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अंगदानको घोषणा गरेका छन् ।

मन्त्री ज्ञवाली र पत्नी सरस्वती ज्ञवाली अर्यालले शुक्रबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा अंगदानको घोषणा गरेका हुन् ।

ज्ञवाली दम्पत्तीले मृत्यु पश्चात मिर्गौला/मुटु/फोक्सो/कलेजो/प्याङक्रियाज/सानो आन्द्रा दान दिने मन्जुरिनाममा हस्ताक्षर गरेका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले आफूले दान गरेका अंगबाट एकजनाको जीवन जोखियो भने त्योनै जीवनको सार्थकता हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment