Comments Add Comment

‘मारुनी’को गीतमा पुष्पसँग रोमान्टिक साम्राज्ञी

भदौ १३ गतेलाई रिलिज मिति पक्का गरेको चलचित्र ‘मारूनी’को रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको ‘सक्दिनँ म बाँच्न’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । सुरेश वाग्लेको शब्द समावेश गीतमा मेलिना राईको स्वर सुन्न सकिन्छ ।

भिडियोमा चलचित्रका मुख्य दुई कलाकार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर छन् । निकै आकर्षक पहिरनमा सजिएका उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । विक्रम लामा र एन्जिला खत्रीले भिडियोको करियोग्राफी गरेका छन् ।

कलाकारले लगाएका पहिरनको डिजाइन निर्मात्री पूनम गौतमले गरेकी हुन् । गीत सार्वजनिक भएसँगै उनको पहिरनको चर्चा भैरहेको छ ।  ‘पूनम इन्टरटेन्टमेन्ट’को व्यानरमा पूनम गौतमले निर्माण गरेको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । चलचित्रमा रेविका गुरुङको पनि मुख्य भूमिका छ । संजय लामाले खिचेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment