Comments Add Comment

इन्दिराको तीज गीतमा संझनाको छमछमी

गायिका इन्दिरा भट्टराईको नया“ तीज गीत बजारमा आएको छ । लामो समयदेखि सुगम संगीतमा सक्रिय भट्टराईले गीतकार दिनेश अधिकारीको शब्द रचना रहेको मौलिक तीज गीत बजारमा ल्याएकी हुन् । थुप्रै आधुनिक गीतमा आवाज भरेकी भट्टराले सार्वजनिक गरेको ‘नाचौ“ मितिनी’ बोलको गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् ।

गीतका बारेमा गायिका भट्टराईले भनिन् ‘तीजका नाममा बाहिर आएका तीजलाई सम्बोधन नगर्ने गीत भन्दा पर गएर मौलिक गीत खोज्दै जा“दा दिनेश अधिकारीस“ग भेट भयो । उहा“ स“ग गीत मागे । मलाई विश्वास गरेर गीत दिनु भयो । यो मेरो सांगीतिक करियरको एउटा सफलता मानेकी छु ।’ उनले आफूले यस गीतका लागि निक्कै मेहनत गरेको बताईन् ।

सार्वजनिक ‘नाचौ“ मितिनी’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन कलाकार संम्झना बुढाथोकीले गरेकी हुन् । भागिरथा गाहाको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोमा सम्झना बुढाथोकी, नितु कोईराला, सदिक्षा रावत र आरोही भट्टराईले अभिनय गरेका छन् । राजु केसीको छाया“कन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । गीतमा सुदिप रागरको संगीत संयोजन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment