Comments Add Comment

‘आमा’बाट सूर्यमाला बाहिरिदा मिथिलाको इन्ट्री

छायांकन सुरु भएको केही दिनपछि चलचित्र ‘आमा’को शिर्ष कलाकार परिवर्तन भएको खबर प्राप्त भएको छ । यो चलचित्रको शुभसाइतमा कलाकार सूर्यमाला खनालले आमाको भूमिकामा काम गर्ने घोषणा गरिएको थियो । सूर्यमालाको केही दृश्यको छायांकन समेत भैसकेको थियो ।

तर, निर्देशक दिपेन्द्र के खनालले कथाले मागे अनुसारको दृश्यमा काम गरिरहेकाले चलचित्रको छायांकन लम्बिने देखिएको छ । यसैले, सूर्यमालाले सहमतमी चलचित्र छाडेको वुझिएको छ । यो बिषयमा निर्देशक खनालले भने–‘हो, उहाँको असोजमा अमेरिका जानुपर्ने भएकाले चलचित्र छाड्नुभयो । मैले चलचित्रका दृश्यमा कुनै पनि संझौता नगरि काम गरिरहेको छु । यसैले, हाम्रो छायांकन दैनिक भैरहेको छैन ।’

चलचित्रका अधिकांश दृश्यमा पानी आवश्यक पर्ने दिपेन्द्रले बताए । अब, सूर्यमालाले निर्वाहा गर्ने भनिएको भूमिका कलाकार मिथिला शर्माले निर्वाहा गर्नेछिन् । मिथिलाले साउन ११ गतेबाट सुटिङ सुरु गर्ने निर्देशक खनालले जानकारी दिए ।

शर्मिला पाण्डेले निर्माण गरिरहेको यो चलचित्रलाई फागूणको ९ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रमा अब मिथिला शर्मा आमाको भूमिकामा देखिनेछिन् भने छोरीको भूमिकामा सुरक्षा पन्तले काम गरिरहेकी छिन् । निर्देशक खनालले अहिले आफूले अन्य कलाकारको दृश्य खिचिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment