Comments Add Comment

दीलिपकी छोरीको डेब्यूको चर्चा मात्रै

नायक दीलिप रायमाझी अमेरिकामा पुगेपनि उनको मन भने नेपाली चलचित्र भन्दा टाढा जानै सकेन । उनी, अमेरिकामा भन्दा बढी समय नेपालमा नै बिताइरहेका छन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिरहेका दीलिप अब आफै निर्माता बन्दैछन् ।

उनले निर्माण तथा अभिनय गर्न लागेको चलचित्रको नाम ‘लक्का जवान’ राखिएको छ । यो चलचित्रलाई शिवहरि पौडेलको लेखन तथा निर्देशनमा तयार गरिदैछ । चलचित्रमा किरण केसी मुख्य भूमिकामा रहनेछन् । उनको साथमा, प्रियंका कार्की, शिवहरि पौडेल, दीलिप रायमाझी पनि मुख्य भूमिकामा हुनेछन् ।

तर, यो चलचित्रबाट नायक रायमाझीकी छोरी दिव्या रायमाझीले डेब्यू गर्न लागेको चर्चा चलिरहेको छ । केही समय अगाडि अनलाइनखबरसँगको भेटमा निर्देशक पौडेलले पनि दिव्यालाई डेब्यू गराउन प्रयास गरिरहेको बताएका थिए ।
तर, चलचित्रका निर्माता तथा कलाकार किरण केसीले भने यो चलचित्रबाट दिव्याले डेब्यू नगर्ने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने–‘चलचित्रका लागि एक जना नायक र एक जना नायिकाको आवश्यकता अझै छ । तर, दिलिपकी छोरीलाई डेब्यू गराउने बिषयमा कुरा भएको छैन ।’

तर, सामाजिक संजालमा दिव्याले चलचित्र क्षेत्रमा पाइला राख्नुपर्ने प्रतिक्रिया आइरहेका छन् । दीलिपले पनि छोरीको डेब्यूको बिषयमा पक्कै सोचेको हुनुपर्छ । नेपालमा हाँस्य कलाकारले फरक फरक गु्रप बनाएर चलचित्र बनाउने क्रम बढेको समयमा शिवहरि पनि नयाँ चलचित्र निर्देशनमा लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment