+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रदेश ५ मा विप्लवको गतिविधि घट्यो : मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ६ गते १४:१६

६ साउन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा प्रतिबन्धित विप्लव समूहको गतिविधि स्वाट्टै घटेको बताएका छन् ।

प्रदेश मामिला तथा कानून समितिको सोमबारको वैठकमा मुख्यमन्त्री पोखरेलले विप्लवका गतिविधि विगतको तुलनामा घटेको बताएका हुन् । ‘पहिला बन्द आयोजना हँदा स्याबोटाजका घटना धेरै हुने गरे पनि पछिल्लो समयमा उनीहरुका गतिविधि स्वाट्टै घटेका छन्’, मुख्यमन्त्रीले भने, ‘यद्यपि पुरै निस्तेज भए भन्ने हैन ।’

समितिका सदस्य कांग्रेस सांसद भुवनेश्वर चौधरीले प्रदेश ५ का जिल्लाहरुमा विप्लवका गतिविधि फेरि बढ्न थालेको र विगतको जस्तै द्वन्द्व फेरि दोहोरिने हो कि भन्ने जनतामा चिन्ता बढेको बताएका थिए । जवाफमा मुख्यमन्त्री पोखरेलले विप्लवका गतिविधि बढेको नभई घटेको बताए ।

वैठकमा सांसदहरु भोजप्रसाद श्रेष्ठ, रमा अर्याल,खड्कबहादुर खत्री, सरस्वती गौतमलगायतले तिलोत्तमा नगरपालिकामा रातको समयमा बुद्ध मुर्ति फुटाइएको, बुटवल १ मा बुटवल उपमहानगरले १६ परिवारलाई वैकल्पिक व्यवस्थाविना वस्तीमा डोजर लगाएर विस्थापित बनाएको, महंगी अनियन्त्रित ढंगले बढेको, सुशासन कायम हुन नसकेको,स्थानीय तहहरुमा हुने विकास निर्माणमा भ्रष्टाचार र अनियमितता रोक्न प्रभावकारी अनुगमन हुन नसकेको, प्रदेश लोक सेवा आयोग गठन, मल अभाव, शान्ति सुरक्षाको प्रत्याभूति हुन नसकेको लगायतका विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?