Comments Add Comment

सिप्रदीयन सहायता संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण

६ असार, काठमाडौं ।  नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हालैमात्र सप्तरी जिल्ला, सप्तकोशी नगरपालिका, फत्तेपुर स्थित बाढी प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ ।
मनसुनका कारण देशैभरीका ३१ भन्दा धेरै जिल्लाहरु प्रभावित भएका छन् । जसका कारण ११,८३९ भन्दा धेरै घर बार बिहिन भएका छन भने ९० भन्दा धेरैले ज्यान गुमाएको पुष्टि भईसकेको छ ।

सिप्रदीयन सहायता संस्थाको १० जनाको स्वयंसेवक टोलीले सप्तकोशी नगरपालिका वडा नं ६ का २६० घरधनीलाई प्रति घर २५ केजी चामल, १.५ केजी दाल, १ केजी नुन र १ लिटर खाना पकाउने तेल लगायतका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ ।

साथै उक्त नगरपालिका वडा नं ७ का ५० घरधनीलाई सोहि बमोजिमको राहत सामाग्रीहरु वितरण गरेको छ । उक्त राहत सामाग्रीहरु स्थानिय निकायका जनप्रतिनिधिहरु, राजनीतिक व्यक्तित्वहरु साथै सिप्रदीसँग आबद्ध व्यवसायीहरुको उपस्थितिमा वितरण गरिएको हो ।

यस वर्षको मनसुनी वर्षाको कारणले सप्तकोशी नगरपालिका स्थित त्रियुगा नदी आसपास बसोवास गरिरहेका परिवारहरु धेरै नै प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment