+

हामी हारेको भए फेरि क्रिकेट कसरी खेल्ने थाहा थिएन : बट्लर

२०७६ साउन  ६ गते २०:३८ २०७६ साउन ६ गते २०:३८
हामी हारेको भए फेरि क्रिकेट कसरी खेल्ने थाहा थिएन : बट्लर

६ साउन, काठमाडौं । जोस बट्लर विश्वकप विजेता हुन् तर, लडर््समा न्युजिल्याण्डसँग फाइनल खेल्नु अघिल्लो दिनसम्म पनि उनलाई असफता हात लाग्ने डरले सताएको थियो । उनलाई डर थियो यदि इंग्ल्याण्डले हार्‍यो भने कसरी फेरि क्रिकेट खेल्ने ?

‘आइतबार अघिसम्म मैले सात फाइनल खेलेको थिए र त्यसमध्ये सात वटा गुमाएँ’ बट्लरले भनेका छन्, ‘इंग्ल्याण्डबाट च्याम्पियन्स ट्रफी (२०१३) र टी–२० (विश्वकप फाइनल २०१६) कोलकत्तामा हामी हार्‍यौं । मलाई थाहा छ कि अर्को टिमले उपाधि उचाल्दा कति पीडा हुन्छ । म फेरि त्यो पीडा महसुस गर्न चाहन्न ।’

उनले डेलीमेलसँग भने, ‘यदि हामी हारेको भए मैले फेरि क्रिकेट कसरी खेल्थे थाहा छैन ।’

उनकाअनुसार लडर््समा विश्वकपको फाइनल जीवनमा विरलै आउने अवसर थियो । ‘यदि यसमा सफल नभएको भए लामो समयसम्म ब्याट उठाउन प्रेरणा हुने थिएन’ उनले भने ।

उसो त उनलाई फाइनल अघि समूह चरणमै पनि सेमिफाइनललाई लिएर डर लागेको थियो, जब इंग्ल्याण्डले श्रीलंका र अष्ट्रेलियासँग लगातार हार व्यहोर्‍यो ।

फाइनलमा बट्लरले महत्वपूर्ण भूमिका खेले । व्यक्तिगत रुपमा ५९ रन बनाएका उनले पाँचौं विकेटका लागि बेन स्टोक्ससँग ११० रनको साझेदारी गरे । साथै सुपर ओभरको अन्तिम बलमा मार्टिन गुप्टिललाई रन आउट गरे ।

जतिबेला न्यूजिल्याण्डलाई २ रन चाहिएको थियो र स्ट्राइकमा गुप्टिल थिए, त्यो क्षणबारे बट्लरले भने, ‘यदि तपाईले मैदान बाहिरबाट खेल हेरिरहनु भएको थियो भने तपाई लाग्दो हो कि जोफ्रा आर्चार जस्तै सबै नर्भस होला भन्ने लाग्दो हो । तर क्रिकेटरका रुपमा, अझ मिड विकेटमा हुनुहुन्छ भने तपाईसँग केही नियन्त्रण हुन्छ र, बल संकलन गर्ने र स्टम्पमा हान्ने नै सोच हुन्छ ।’

‘जब गुप्टिलले बल हाने र जेसन रोयतर्फ जाँदै गरेको देखेँ । मलाई लाग्यो, यदि हामीले यो बल सही समयमा पायौं भने जित्छौं’ बट्लरले भनेका छन् ।

जब खेल बराबरीमा सकियो, इंग्ल्याण्डले बाउन्ड्रीका आधारमा विश्वकपको उपाधि जित्यो । बट्लरलाई लाग्यो, यो उनको करियरकै सबैभन्दा उत्कृष्ट समय हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय