Comments Add Comment

ऋतिकको सुपर ३० पनि सय करोड क्लबमा

अभिनेता ऋतिक रोशनको पछिल्लो फिल्म सुपर ३० सय करोड क्लबमा सहभागि भएको छ । सय करोड क्लबमा प्रवेश गर्नका लागि फिल्मले १० दिन लगाएको छ ।

फिल्मले दोस्रो विकेण्डमा गत शुक्रवार ४ करोड ५२ लाख भारु, शनिवार ८ हरोड ५३ लाख भारु तथा हिजो आईतबार ११ करोड ६८ लाख भारु कलेक्सन गरेको थियो ।

यो फिल्मले पहिलो अप्ता ७५ करोड ८५ लाख भारु तथा दोस्रो विकेण्डमा २४ करोड ७३ लाख भारु कलेक्सन गरेको थियो । यसरी यो फिल्मले प्रदर्शन भएको १० दिनमा १ सय करोड ५८ लाख भारु कलेक्सन गर्न सफल भएको हो ।

भारतका गणितज्ञ आनन्द कुमारको जीवनमा आधारित यो फिल्मलाई विकास बहलले निर्देशन गरेका हुन् । यो फिल्मलाई भारतका थुप्रै राज्यहरुमा ट्याक्स फ्रि गरिएको घोषणा गरिएको थियो ।

फिल्मले आफ्नो लगानी सुरक्षित गर्नका लागि ८० करोड भारुको व्यवसाय गर्नु पर्ने थियो ।

भनिन्छ, सुपर ३० फिल्म करिव १ सय १५ करोड भारुको लागतमा तयार पारिएको हो । ४५ करोड भारु प्रोडक्सन लागन हो । ४५ करोड भारु ऋतिक रोशनको पारिश्रमिक हो भने २५ करोड भारु प्रचार प्रसारमा खर्च भएको थियो ।

एउटा समाचारमा जनाइए अनुसार विभिन्न अधिकार ७५ करोड भारुमा विक्रि गरिसकिएको छ, जसमा सेटेलाइट, डिजीटल, म्युजिक तथा ओभरसीज राइट्स समावेश छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment