+
+
Shares

भारतीय ट्रकको ठक्करबाट दुईको मृत्यु , पाँच घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १४:१७

७ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका -१५ रातोमाटेमा भएको सवारीसाधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

हेटौंडातर्फ आउँदै गरेको एनएल०१डी ८०३१ नम्वरकाे भारतीय ट्रक ९लहरी०ले ना१ह ८८२४ नम्बरको अटाे र बा६६प ६२१३ नम्बरको माेटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा अटाे चालक बसामाडी घरभइ हेटौंडा-९ बस्ने सुजन ढकाल र मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएकाे मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा घाइते ५ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । लहरीले ना५ख ३१४१, ना५ख ५११३ नम्बरकाे बस र ना१ज ७७८६ नम्बरकाे सुमाेलाईसमेत उक्त लहरीले ठक्कर दिएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?