+
+

तत्काल ५०० कर्मचारी नदिए काम गर्न सकिदैन : मुख्यमन्त्री शाही

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १५:०८

७ साउन, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् ।

कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै मुख्यमन्त्री शाहीले तत्काल केन्द्रबाट कर्मचारी व्यवस्था गरिदिन मागसमेत गरे ।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीलाई ३ हजारदेखि ३५ सय कर्मचारी आवश्यक रहे पनि त्यसको पूर्तिका लागि ढिलासुस्ती भइरहेको गुनासो गरे ।

लोकसेवा आयोगमा कर्मचारी दरबन्दीका लागि लेखिपठाए पनि समय लाग्ने देखिएको र कर्मचारी करारमा नियुक्त गर्न कानुनी ब्यधान रहेकोले समस्यामा परेको मुख्यमन्त्री शाहीले बताए ।

कर्मचारी समायोजनपछि अधिकांश कर्मचारीले कर्णाली रोज्न नमानेकोले कर्णालीमा कर्मचारी कम छन् । कर्मचारीहरुले कर्णालीमा जर्बजस्ती पठाइएको महसुस गर्ने गरेको भन्दै मुख्यमन्त्री शाहीले त्यसको मारमा प्रदेशका जनता परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?