+
+

बोरिस जोनसन भए बेलायतका प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १७:२४

७ साउन, काठमाडौं । बोरिस जोनसन संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री हुने भएका छन् ।

बेलायतको सत्ताधारी कन्जरभेटिभ पार्टीको नेताका लागि भएको चुनावमा उनले बाजी मारेका हुन् । उनले जेरेमी हन्टलाई पराजित गरे ।

जोनसनले ९२ हजार १५३ मत पाए भने हन्टले मात्र ४६ हजार ६५६ मत पाएका छन् ।

हन्ट टेरिजा मे सरकारका विदेशमन्त्री हुन् ।

जोनसनले बुधबार प्रधानमन्त्री पद सम्हाल्नेछन् । ब्रेक्जिटलाई लिएर युरोपियन युनियनसँग गर्ने सम्झौता संसदबाट पास गर्न नसकेपछि प्रधानमन्त्री मेले पार्टी नेताबाट दिएकी थिइन् ।

प्रधानमन्त्री मेले जोनसनलाई बधाई दिएकी छन् र ब्रेक्जिटका लागि मिलेर काम गर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?