+

नेपाल र मलेसियाको खेल ९ ओभरमा झारियो

२०७६ साउन  ८ गते ९:३८ २०७६ साउन ८ गते ९:३८
नेपाल र मलेसियाको खेल ९ ओभरमा झारियो

८ साउन, काठमाडौं । टी-२० वर्ल्डकप एसिया फाइनलमा नेपाल र मलेसियाको खेल ९ ओभरमा झारिएको छ । टस हुनु अगाडि नै लगातार वर्षा भएपछि खेल ढिला गरी सुरु भयो, जसमा नेपालमा टस जितेर फिल्डिङ रोजेको छ ।

ब्याटिङको निम्तो पाएको मलेसियाले पहिलो ओभरमा नै दुई विकेट गुमाएको छ ।

यो समाचार तयार पार्दासम्म उसले एक ओभरमा दुई विकेट गुमाएर नौ रन बनाएको छ ।

आज कप्तान पारस खड्का प्लेइङ इलाभेनमा छ्रैनन् । कतारविरुद्धको खेलमा ढाड दुख्ने समस्या आएपछि उनले दोस्रो इनिङ खेलेका थिएनन् । उनको स्थानमा रोहित कुमार पौडेल आएका छन् ।

यस्तै कतारविरुद्ध खेलेका ललितनारायण राजवंशीलाई बेन्चमा राखेर ब्याट्सम्यान प्रदीप ऐरीलाई खेलाइएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय