+
+

नक्कली लाइसेन्स बनाइदिएर रकम असुली गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते १३:०२

८ साउन, जनकपुरधाम । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिएर सर्वसाधारणसँग रकम असुली गर्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट लाइसेन्स बनाएर ल्याइदिएको भन्दै गाउँका युवकहरुसँग रकम ठगी गर्ने दुई जनालाई जिल्लाको हंसपुर नगरपालिकाबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा हंसपुर नगरपालिका-६ का ३४ वर्षीय अलीअकबर मन्सुरी र औरही गाउँपालिका-६ बस्ने २४ वर्षीय सञ्जान मन्सुरी छन् ।

नक्कली सवारीसाधन चालक अनुमति पत्र बनाइदिएर गाउँका युवकहरुसँग रकम लिइरहेको सूचनाको आधारमा उनीहरुलाई हंसपुर नगरपालिका ९ स्थित बालगंगा चोकबाट इलाका प्रहरी कार्यालय औरहीको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५/५ थान सवारी चालक अनुमति पत्र बरामद भएको छ । दुबैबिरुद्व सरकारी छाप दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?