Comments Add Comment

खेत जोत्दा ट्याक्टरले चेपेर चालकको मृत्यु

९ साउन, विराटनगर । प्रदेश १ का तीन जिल्लामा बिहीबार मात्र चारजनाको ज्यान गएको छ । सवरी दुर्घटना,बाढी र लडेर चारजनाको ज्यान गएको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको जहदा गाउँपालिका १ स्थित खेतमा को २ त ९०४६ नम्बरको ट्याक्टरले किच्दा चालक ४१ बर्षका दीपक सरबरियाको मृत्यु भएको छ ।

विशिवाटर बिहान करिब ११ बजे स्थानीय कुलबहादुर गुरुङको ब्याड खेत जोत्ने क्रममा सरबरियाले चलाएको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टर पल्टदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

झापामा दुई जनाको मृत्यु

बिहीबार नै झापामा बाढीले बगाएर र पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । एकजनाको बाढीले बगाएर र अर्काको पानीमा डुबेर मृत्यु भएको हो । कमल गाउँपालिका ५ बस्ने ६८ बर्षका काजीबहादुर जोशीलाई कुलोले (पैनी) बगाउँदा मृत्यु भएको हो ।

बिहीबार बिहान साढे ५ बजे गोठ जाने क्रममा उनी गोठ छेउमा रहेको पिढीमा चिप्लिएर पैनीमा खसेका थिए । पैनीले बगाउने उनको मृत्यु भएको स्थानीयलाई उधृत गर्दै ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

झापाकै हल्दीबारी गाउँपालिका– १ मा खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ । स्थानीय ३८ बर्षीय वीरेन्द्र बुढाथोकी खेतमा जमेको पानीमा मृत अवस्थामा भेटिएका हुन् । बिहानको राति २ बजे घरबाट खेतमा हिडेका उनी घर नजिकै रहेको खेतमा जमेको पानीमा घोप्टो परेको अवस्थामा फेला परेका थिए ।

त्यस्तै ओखलढुङ्गाको लिखु गाउँपालिका ५ मा एकजनाको मृत्यु भएको छ । स्थानीय ३७ बर्षीय लोकबहादुर पारियारको भीरबाट लडेर मृत्यु भएको हो । बिहीबार बिहान साढे १० बजे बजारबाट घरतर्फ फर्कने क्रममा भीरबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको हो । घर आउने क्रममा भीरमा चिप्लिएर लडेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

बाढीबाट मृत्यु हुनेको संख्या २९ पुग्यो, आठ बेपत्ता

भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या २९ पुगेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार बाढी पहिरो र डुबानका कारण प्रदेश एकका १४ जिल्लामा २९ जनाको मृत्यु भएको हो ।

बाढीपहिरो र डुबानमा परेका आठ जना अझै बेपत्ता छन् । बाढी र डुबानका कारण २१ घाइते भएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment