Comments Add Comment

मन्त्रालयको प्रष्टिकरण : जडिबुटी निकासी खुलाउन पहल गरिरहेका छौं

९ साउन, काठमाडौं । भारतीय अवरोधले नेपालगञ्ज रोकिएको नेपालको जडिबुडी निर्यात सहज बनाउन पहल गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रष्टिकरण दिएको छ । भारतले क्वारेन्टाइनसम्बन्धी नयाँ प्रावधान बनाएर नेपालको जडिबुटी

निर्यातमा अवरोध गरेको समाचार अनलाइनखबरमा प्रकाशित गरेपछि मन्त्रालयले विज्ञप्तिमार्फत यस्तो प्रष्टिकरण दिएको हो ।

भारत सरकारको क्वारेन्टाइन अर्डर लिस्टको अनुसूची ७ मा नेपालका १८ प्रकारका तरकारी तथा फलफूल र ८० प्रकारका जडिबुटी समावेश नभएको विषयमा भारतको सम्बन्धित मन्त्रालयसंग समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ ।

‘मन्त्रालयको पहलपछि भारतीय पक्षले त्यस्ता तरकारी र फलफूल तथा जडिबुटीको प्राविधिक र वैज्ञानिक विवरण मागेको छ र सो विवरण पठाउनका लागि कृषि मन्त्रालयलाई पत्र लेखिएको छ,’ मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जडिबुटी निर्यात गर्न मन्त्रालयले वास्ता नगरेको भन्ने समाचार तथा टिप्पणीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै विगतका वर्षमा भन्दा धेरै मात्रामा जडिबुटी भारततर्फ निर्यात भईरहेको विज्ञप्तिमा दावी गरिएको छ ।

झण्डै एक अर्व रुपैयाँ बराबरको जडिबुटी भारत निकासी हुन नसकेर ६ महिना देखि थन्किएको बिहीबार अनलाइनखबरमा र त्यसअघि हिमालय टेलिभिजनमा प्रकाशन/प्रशारण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment