Comments Add Comment

किन हतारमा रिलिज गरिदैछ केकी र कोशिषको ‘रातो गलबन्दी’ ?

आजबाट २ नेपाली चलचित्र रिलिज भएका छन्, ‘सुपर गोर्खे र एकलव्य’ । यी दुई चलचित्र हलमा लागेको नै दर्शकलाई खासै थाहा छैन । चलचित्र बनाएर मात्र हुँदैन, रिलिजमा पनि ध्यान दिनुपर्छ । नत्र, हलमा चलचित्र लाग्यो भन्नु बाहेक निर्माताले खुशी मनाउने ठाउँ अरु छैन ।

अर्को साता चलचित्र ‘रातो गलबन्दी’ रिलिज हुँदैछ । यो चलचित्रको रिलिजको १२ दिन अघि मात्र ट्रेलर रिलिज भयो । नेपाली चलचित्रमा राम्रै स्थान बनाएका दुई कलाकार नायिका केकी अधिकारी र कलाकार कोशिश क्षेत्री चलचित्रमा छन् ।
तर, चलचित्र रिलिजको एक साता बाँकी रहँदा दर्शकलाई चलचित्रको बारेमा थाहा दिनुपर्ने हो । तर, चलचित्रको निर्माणपक्षले यसको रिलिजमा हेलचक्राई गरेको छ ।

वुझिएअनुसार, नायिका केकी अधिकारीले यो चलचित्रबाट ६ लाख पारिश्रमिक वुझेकी थिइन् । कोशिषले अझै बढी पारिश्रमिक लिएका थिए । तर, चलचित्रलाई हतारमा रिलिज गर्दा यसले निर्मातालाई त पक्कै घाटा लाग्नेछ । त्यो भन्दा पनि केकी र कोशिशको करिअरलाई फाइदा नहुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment