+

मोहम्मद अमिरले लिए टेष्ट क्रिकेटबाट सन्यास

२०७६ साउन  १० गते १७:१८ २०७६ साउन १० गते १७:१८
मोहम्मद अमिरले लिए टेष्ट क्रिकेटबाट सन्यास

काठमाडौं । पाकिस्तानी बलर मोहम्मद अमिरले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् । उनले एकदिवसीय र टी-२० भने खेल्नेछन् ।

२७ वर्षीय लेफ्ट आर्म स्पीनरले भनेका छन्, ‘पाकिस्तानका लागि खेल्नु मेरो इच्छा र उद्देश्य हो । आगामी टी-२० विश्वकपसहितमा आउने चुनौतीमा आफ्नो तर्फबाट योगदान गर्न चाहन्छु ।’

टेष्टबाट सन्यास लिने निर्णय सहज नभएको तर आसन्न टेष्ट च्याम्पियनसिपमा युवा बलरहरुलाई ल्याउन सहज होस् भनेर सन्यास लिएको आमिरले बताए ।

उनले ३६ टेष्ट म्याचमा ११९ विकेट लिउका छन् । उनको करियर भने दुई भागमा हेनु उपयुक्त हुन्छ । जलाई २००९ मा १७ वर्षको उमेरमा डेब्यू गरेका उनले १४ टेष्ट खेले र ५१ विकेट लिए । फिक्सिङका कारण ५ वर्ष प्रतिबन्ध झेलेका उनी जुलाई २०१६ मा टिममा फर्किए र २२ टेष्टमा ६८ विकेट हात पारे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय