Comments Add Comment

चालिस कटेसी विवाह गर्ने बलिउडकर्मीहरु

‘ना उम्र की सीमा हो, ना जन्म का हो बन्धन’ हिन्दीमा गीत नै छ । न प्रेम गर्नलाई उमेर चाहिन्छ, न त विवाह ।

विवाह कहिले गर्ने ? यसको सर्वमान्य इकाई छैन । त्यसमाथि सेलिब्रेटी जीवन । जहिले जवान । त्यसैले त बलिउडकर्मीहरु जीवनभर प्रेम र रोमान्समै रमाइरहन्छन् । अर्थात विवाह गर्ने कुनै हतारो हुँदैन ।

भनिन्छ, प्रेम गर्नका लागि यति नै वर्षको हुनुपर्छ भन्ने छैन । त्यसैगरी विवाहका लागि पनि यति वर्ष भित्रमा गरिसक्नु पर्छ भन्ने कुनै नियम बनेको छैन । त्यसैले त, बलिउडका केही स्टाहरु त्यस्ता छन्, जसले ४० वर्ष कटे पछिमात्र आफ्ना वास्तविक जीवन साथी फेला पारेका छन् ।

हालैमात्र अभिनेत्री पूजा वत्राले ४३ वर्षको उमेरमा विवाह गरेर सबैलाई आश्चर्यमा पारिदिएकी थिइन् । यो उमेरमा उनले नवाब शाहसँग लगनगाँठो कसेकी हुन् । त्यसो त पूजा वत्राको यो दोस्रो विवाह हो । यसअघि उनले सन् २००२ मा सर्जन डाक्टर सोनू आहलुवालियासँग विवाह गरेकी थिइन् । त्यसो त उनीमात्र पहिलो त्यस्ती अभिनेत्री होइनन्, जसले ४० वर्ष कटेपछि विवाह गरेकी हुन् ।

उनीभन्दा अघि नै थुप्रै बलिउड हस्तीहरु त्यस्ता छन्, जसले ४० वर्ष पुरा भएपछि नै आफ्ना जीवनसाथी चुनेका छन् ।

आमिर खान

बलिउड अभिनेता आमिर खान लामो समयसम्म किरण रावसँगको प्रेम सम्बन्धमा रमाए । त्यसपछि ४० वर्ष कटेपछि मात्र उनैसंग दोस्रो विवाह गरे । त्यसअघि आमिरले रीना दत्तासंग २१ वर्षकै कलिलो उमेरमा पहिलो विवाह गरेका थिए । आमिर र किरणका एक छोरा छने आजाद खान । आजाद सरोगेसीमार्फत जन्मिएका हुन् ।

प्रीति जिन्टा

४० वर्षकै उमेरमा अभिनेत्री प्रीति जिन्टाले अमेरिकाका व्यवसायी गुडइनफसँग विवाह गरिन् । गुडइनफ प्रति भन्दा १० वर्ष कान्छा छन् । प्रीति पछिल्ला केही वर्षदेखि उनीसँग प्रेम सम्बन्धमा थिइन् । उनीहरुले अचानक विवाह गरेर सबैलाई आश्चर्यमा पारिदिएका थिए । त्यसो त प्रीतिको अफेयर गुडइनफभन्दा अघि चर्चित उद्योगपति नेस वाडियासंग थियो, तर अचानक उनीहरुको प्रेम सम्बन्धमा फाटो आएको थियो । उनीहरुको फाटो आए लगत्तै प्रीति गुडइनफप्रति आकषिर्त हुन थालेकी थिइन् ।

सञ्जय दत्त

अभिनेता सञ्जय दत्तको जीवनमा धेरै नै उतार-चढाव आएको छ । सञ्जयले पहिलो विवाह ऋचा शर्मासंग गरेका थिए । पहिलो श्रीमतीको निधनपछि सञ्जयले दोस्रो विवाह रिया पल्लैसंग गरे । यद्यपि, उक्त विवाह सफल हुन सकेन । त्यसपछि सन् २००८ मा सञ्जयले ४८ वर्षको उमेरमा मान्यतासँग तेस्रो विवाह गरे । मान्यता र सञ्जयका दुई जुम्ल्याहा सन्तान पनि छन् शहरान र इकरा ।

सैफ अली खान

४० वर्ष कटेपछि नै सैफ अली खानले अभिनेत्री करीना कपूरसँग दोस्रो विवाह गरेका हुन् । सैफ तथा करीनाको उमेरमा करिव १३ वर्षको अन्तर छ । त्यसो त सैफकी पहिली श्रीमती अमृता सिंह उनी भन्दा १२ वर्ष जेठी थिइन् । सैफ र करीनाका एक छोरा छन् । उनको नाम तैमूर खान हो ।

जोन अब्राहम

अभिनेता जोन अब्राहमले पि्रया रुंचालसँग सन् २०१४ मा गोप्य रुपमा विवाह गरेकी थिइन् । विवाह गर्ने बेलामा जोनको उमेर ४१ वर्ष थियो । पि्रयासंग विवाह गर्नु अघिसम्म जोन अभिनेत्री बिपाशा बसुको रिलेनसनशीपमा थिए ।

उर्मिला मातोंडकर

बलिउडीकी रंगीता गर्ल अर्थात उर्मिला माडोंडकरले पनि ४१ वर्षको उमेरमा कश्मीरी व्यवसायी तथा मोडल मोहसिन अख्तर मीरसंग विवाह गरेकी थिइन । मोहसिन उर्मिलाभन्दा १० वर्षले कान्छा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment