Comments Add Comment

‘पासवर्ड’को फस्टलुकमा सन्नीदेखि अनुपसम्म

भदौ २७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘पासवर्ड’को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रको आइटम गीत सार्वजनिक भएपछि फस्टलुक रिलिज गरिएको हो । सार्वजनिक पोष्टरमा मुख्य कलाकार भन्दा बढी स्थान आइटम गीतमा मात्र देखिएकी बलिउड नायिका सन्नी लियोनीलाई दिइएको छ ।

पोष्टरमा चलचित्रका मुख्य कलाकारको एङ्ग्री अनुहार देख्न सकिन्छ । नायिका लियोनी भने कामुक अवतारमा छिन् । चलचित्रमा मुख्य नायक अनुप विक्रम शाही र विक्रम जोशीको भिडन्त देख्न सकिन्छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको मुख्य भूमिका छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रमा हिरल जोशी र अमित बस्नेतको लगानी छ । चलचित्रलाई एक्सन, कमेडी र थ्रिलर जनरामा निर्माण गरिएको निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment