+
+

हार्दिक पाण्डेसँगको प्रेम चर्चामा उर्वशीको आक्रोश

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १३ गते १२:३३

बलिउड नायिका उर्वशी रौतेला आफ्नो हट अवतारका कारण चर्चामा रहन्छिन् । उर्वशी अब नायक जोन अव्राहमसँग चलचित्र ‘पागलपन्ती’मा काम गर्ने तयारीमा छिन् । तर, उर्वशीको चर्चा भने भारतीय क्रिकेटरसँगको प्रेमका कारण बढी भैरहेको छ ।

भारतीय क्रिकेटर हार्दिक पाण्डे र उर्वशीको प्रेम चर्चा चलेको एक बर्ष बढी भयो । पछिल्लो समयमा त उनीहरु अलग भैसकेको खबर पनि सार्वजनिक भैसकेको छ । तर, हालै मात्र एक युटुब च्यानलले उर्वशीले विश्वकप क्रिकेटको टिकटका लागि पूर्व प्रेमी हार्दिकको साथ मागेको खबर सार्वजनिक गरेपछि उनी मिडियासँगै आक्रोशित बनेकी छिन् ।

उर्वशीले लेखेकी छिन्–‘म मिडिया र युटुब च्यानलसँग आग्रह गर्न चाहन्छु कि, यस्ता झुटा भिडियो बनाएर दर्शकलाई भ्रममा नपार्नुहोस् । यस्ता खालको खबरले मलाई निकै नै पीडा हुन्छ र मैले मेरो परिवारमा जवाफ दिनुपर्छ ।’
उर्वशीको यो कुराले पनि के वुझ्न सकिन्छ भने उनी अब हार्दिकसँगको कुनै पनि खालको खबर मिडियामा आओस् भन्ने चाहन्नन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?