Comments Add Comment

काठमाडौंमा मनाइयो २५ औं कार्गो दिवस

१३ साउन, काठमाडौं । नेपाल फ्रेट फरवाड्र्स एसोसिएसनले २५ औं कार्गो दिवस मनाएको छ । नेपालमा कार्गो दिवस मनाउन थालेको २५ वर्ष पुगेको अवसरमा एसोसिएसनले राजधानीमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरेको हो । हरेक वर्ष २९ जुलाईमा कार्गो दिवस मनाउँदै आइरहेको छ ।

कार्यक्रममा उपराष्ट्रपति पुनले कार्गो व्यवसायले उद्योगको मान्यता पाएर अघि बढ्नुपर्ने बताए । उनले नेपालको कार्गो व्यवसयमा रहेको समस्याहरु समाधान गर्दै अघि बढ्नुपर्ने जानकारी गराए । आयात निर्यात व्यवसाय रहेको कार्गो सेवालाई प्रविधिमैत्री बनाउँदै लानुपर्ने उनको भनाइ छ । उनले नेपालमा जलमार्ग तथा रेलमार्ग पनि विकास गर्ने तयारीमा रहेकोले यो व्यवसायको लागत तथा नेपालको व्यापारको अवस्था नै परिवर्तन गर्ने बताए ।

उपराष्ट्रपति पुनले नेपालको व्यवपार असन्तुलन रहेको भन्दै नेपालमा उत्पादित वस्तुहरुको प्रवद्र्धन गर्नु पनि आवशयक रहेको जानाकारी गराए । त्यसको महत्वपूर्ण माध्यम कार्गो व्यवसाय रहेको जानकारी गराए । उनले आगामी वैशाखसम्म नेपालले रेलबाट नै वस्तु आयात निर्यात गर्ने उनको दाबी छ । कार्यक्रम कार्गो व्यवसयाीहरुले कार्गो क्षेत्र उद्योगको रुपमा विकास हुन नसकेको गुनासो गरेका थिए ।

उनीहरुले नेपालको उद्योगी व्यवसायीहरुले सामान आयातनिर्यात गर्ने माध्यम बन्दै आएको कार्गो क्षेत्र पछि परेको भन्दै गुनासो गरेका हुन् । नेपाल फ्रेट फरवाड्र्स एसोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्कीले १ सय ३० वटा कार्गो कम्पनीहरु एसोसिएसनमा आबद्ध रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment