Comments Add Comment

चौबीस घण्टामा ७ देश घुमेर विश्व कीर्तिमान

दुनियाँमा कतिपय मान्छेहरूले अरूले नगरेको काम गरेर रेकर्ड राख्न सफल हुन्छन् । कसैले दाँतले ट्रक तान्छन् त कतिले खुट्टाले लेखेर कीर्तिमान राख्छन् । यस्तै एउटा अनौठो कीर्तिमान राखेका छन्, हंगेरीका डेभिड कोवारीले ।

उनले २४ घण्टामा ७ वटा देशको यात्रा पूरा गरेर विश्व कीर्तिमान कायम गरेका छन् । यात्रामा निस्किनु अगाडि उनले यस विषयमा विद्यमान रेकर्डका बारेमा जानकारी लिए र त्यसलाई तोडेर आफ्नो नाममा नयाँ रेकर्ड कायम गरे ।

स्मरणरहोस् ग्लेन बर्मिस्टर नामका व्यक्तिले यसअघि सन् २०१३ मा युरोपका चारवटा देशको यात्रा २४ घण्टामा पूरा गरी विश्व रेकर्ड कायम गरेका थिए । उनले चेक गणतन्त्र, अस्ट्रिया, स्लोभाकिया र हंगेरी घुमेर रेकर्ड राखेका थिए । त्यसपछि कास्र्टेन कोहलरले पाँचवटा देश घुमे । बेल्जियम, नेदरल्याण्ड, जर्मनी, लग्जेम्बर्ग र फ्रान्स घुमेरर उक्त रेकर्ड तोडे । कास्र्टेनपछि जर्मनीका माइकल मलले सन् २०१६ मा इटाली, स्विजरल्याण्ड, लिचेस्टेन्सटीन, अस्ट्रिया, जर्मनी र फ्रान्स गरी ६ वटा देश २४ घण्टामा घुमेर नयाँ रकेर्ड कायम गरेका थिए ।

उक्त रकेर्डलाई पछिल्लो पटक डेभिडले तोडेका छन् । पोल्याण्डबाट यात्रा सुरु गरेका उनले चेक गणतन्त्र, स्लोभाकिया, अस्ट्रिया, हंगेरी, स्लोभेनिया र क्रोएसियाको यात्रा २४ घण्टामा पूरा गरेर नयाँ कीर्तिमान कायम गरेका हुन् ।

उनले सात देशको यात्रा गर्ने क्रममा झण्डै ५ सय किलोमिटरको यात्रा पूरा गरे र गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा आफ्नो नाम दर्ता गराउन सफल भए ।

वास्तवमा डेभिड कोवारीले बुढापेस्टमा स्नातकोत्तर पढ्ने बेलामै आफूले पढाइका अलावा आफूलाई खुसी मिल्ने अरु केही काम गर्ने सोच बनाएका थिए । त्यसका लागि उनले एडभेन्चरलाई छनोट गरे र धेरैभन्दा धेरै देश घुम्ने रेकर्ड कायम गर्ने योजना बनाए । त्यसका लागि पूर्ण तयारी गरेर उनी यात्रामा निस्किए र २४ घण्टाभित्र सात देशको यात्रा गरी कीर्तिमान कायम गर्न सफल भए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment