Comments Add Comment

अध्यात्म के हो ?

तपाईंलाई अध्यात्ममा कति रुची छ ? यो प्रश्नको जवाफमा अक्सर हामी नाक खुम्च्याउाछौं । किनभने अध्यात्म भनेको धर्म-कर्म हो भन्ने लाग्छ । मन्दिर धाउनु, पूजापाठ गर्नु, ब्रत बस्नुलाई हामी अध्यात्म भनेर बुझ्छौं । हामीले बुझेका यस्तै धार्मिक विधि-विधान आत्मसात गर्नेलाई हामी ‘आध्यत्मिक’ भन्ने गर्छौं ।

अहिलेको पुस्ता हरेक कुराको वैज्ञानिक अर्थ खोज्छन् । उनीहरुले जबसम्म कुनैपनि कुरामा वैज्ञानिक तथ्य भेट्दैनन्, तब उनीहरुले त्यसलाई ढोंग, आडम्बर, अन्धविश्वास भनेर अस्विकार गर्छन् । अध्यात्मबारेको बुझाई र भनाईले उनीहरुमा यस्तै भ्रम पैदा गरिदिएको छ । अध्यात्म भन्नसाथ धर्मसाग जोडेर व्याख्या गरिन्छ । त्यसैले आफुलाई पढेका, शिक्षित भन्नेहरु ‘म त्यती अध्यात्मिक होइन’ भन्नमा गर्व गर्छन् ।

अध्यात्मिक हुनु भनेको धर्मकर्म गर्ने हो भन्ने सामान्य बुझाई छ । जबकी यो शब्दको विराट अर्थ छ र यो आफैमा एक विज्ञान हो ।

गीतामा के भनिएको छ ?

सामान्य रुपमा भन्ने हो भने अध्यात्म भनेको आफुभित्रको चेतन तत्वलाई अनुभूत गर्नु हो । श्रीमद्भागवत गीतमा अर्जुनले प्रश्न गरेका छन्, ‘हे पुरुषोत्तम Û त्यो ब्रम्हा के हो ? अध्यात्म के हो ? कर्मको अर्थ के हो ?’

यो ब्रम्हाको जिज्ञासा हो, ब्रम्हा ईश्वरीय जिज्ञासा हो । अध्यात्मलाई जान्ने इच्छा हो । अध्यात्मक ईश्वर वा ब्रम्हा चर्चाभन्दा अलग छ । यसैले अध्यात्मको प्रश्न पनि अलग छ ।

अर्जुनको प्रश्नमा श्रीकृष्णले के जवाफ दिएका छन् त ?

परम अक्षर अर्थत कहिले पनि नष्ट नहुने तत्व ब्रम्हा हो । र, प्रत्येक बस्तुको आफ्नो मुलभूत स्वभाव अध्यात्म हो ।

म को हुा, म के हुा, म के चाहन्छु, मैले कहाा जानुछ यही प्रश्नको खोजले अध्यात्मकको मार्गमा डोहोर्‍याउाछ । यसले आत्माको ब्रम्हान्डसाग संवाद स्थापित गर्छ ।

अध्यात्म किन आवश्यक छ त ? अध्यात्म जीवन यात्रालाई उत्कृष्ट बनाउने मार्ग हो ।

अध्यात्म पारलौकिक विश्लेषण वा दर्शन होइन । अध्यात्मको शाब्दिक अर्थ स्वयम्को अध्ययन हो । प्रत्येक जीवनको एक-एक शरीरमा पृथक सत्ता छ, त्यही अध्यात्म हो । शरीर भित्र चैतन्य छ, प्राण छ । त्यसभित्र आकाश पनि छ । यसबाहेक जे छ, त्यो अध्यात्म हो । अध्यात्मबारे यस्तो लेखिएको छ, ‘अध्यात्म फगत ईश्वरीय चर्चा होइन । यो स्वभाव जान्ने केमेस्ट्री हो । अध्यात्म मानव मनको तहको अजब-गजब रासायनिक विश्लेषण हो ।’

अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासाग छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन-मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै आध्यात्मिक मार्ग हो ।

म को हुा ? यो प्रश्नको खोजीबाट अध्यात्ममा प्रवेश गर्न सकिन्छ । शरीर त म होइन । हात, खुट्टा, आाखा, टाउको, मुटु, मिर्गौला, फोक्सो पनि ‘म’ होइन । म को हो त ? यही खोजले अध्यात्मको मार्गमा डोहोर्‍याउाछ ।

स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ । भनिन्छ, जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उनलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment