Comments Add Comment

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो

१९ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ईतिहासकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आईतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

आजका लागि तेजाबी सुनको प्रतितोला मूल्य नै ६६ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबारका लागि लागि तोकिएको सुनको मूल्य नेपाली सुन बजारको सबै भन्दा उच्च बिन्दु हो । गत शुक्रबार पनि सुनको भाउ ६५ हजार ८ सय पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा आएकोबढोत्तरीको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । अमेरिका इरानबीचकेा बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तराष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको बज्राचार्य बताउँछन् ।

अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाए पछिको असर सुनको मूल्यमा परेको हो । विश्व राजनीतिमा देखिएको असमझदारी कायम रहेसम्म सुनको बजार प्रभावित भईरहन सक्ने बज्रचार्य बताउछन् । मूल्य आकाशिए पछि पुरानासुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसयीहरुको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment