Comments Add Comment

दक्षिण अफ्रिकाका प्रशिक्षक गिब्सनले पद छाडे

१९ साउन, काठमाडौं । दक्षिण अफ्रिकाले क्रिकेट टिमका मुख्य प्रशिक्षक ओटिस गिब्सनलाई पद छाड्न अनुमति दिएको छ ।

अब उनले इंग्ल्याण्डका प्रशिक्षक ट्रेभो बेलिसलाई विस्तापित गर्ने सम्भावना छ ।

इंग्ल्याण्डको बलिङ प्रशिक्षक भइसकेका गिब्सन अक्टोबर २०१७ मा दक्षिण अफ्रिकाको प्रशिक्षक नियुक्त भएका थिए । विश्वकपमा भने दक्षिण अफ्रिकाको प्रदर्शन खराब रह्यो । समूह चरणका ९ मध्ये मात्र तीन खेल जित्यो ।

५० वर्षीय गिब्सनको सम्झौता सेप्टेम्बरमा सकिँदैछ ।

उसो त बेलिसको स्थानमा पाकिस्तानका प्रशिक्षक मिक्की आर्थरले लिने स्म्भावना पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment