Comments Add Comment

बालुवाटारमा कान्छीको हिमालयन जाभा

कान्छी अर्थात श्वेता खड्का । खासमा त उनी अभिनेत्री हुन् । पछिल्लो समय निमात्री पनि । यसमा उनको अर्को विशेषण पनि छ, उद्यमी ।

श्वेताको एउटा पाटो चलचित्र हो, अर्को पाटो उद्यम । उनले केही व्यवसाय छ, जसमध्ये एक हो रेष्टुरेन्ट । दरबारमार्गको राइजिङ मलमा उनले हिमालयन जाभा सञ्चालन गरेकी छिन् । चलचित्र क्षेत्रका सबैजसोलाई यो कुरा जाहेर नै छ । किनभने श्वेतासँग अक्सर भेटघाट हुने जक्सन यही हो ।

यसपाली भने हामी श्वेता खड्का खोज्दै बालुवाटार पुग्यौं, जहाँ उनी निकै धपेडीमा देखिन्थे । त्यहाँ उनी नयाँ व्यवसाय सुरु गर्दैर् थिइन् । व्यवसाय उही रेष्टुरेन्ट । हिमालयन जाभाकै अर्को शाखा ।

एकछिन कुरा गरौं, हिमालयन जाभाको । यो अन्तर्राष्ट्रिय स्तरमा फैलिएको नेपाली फेन्चाइज कफी सप हो । काठमाडौंमा दर्जन बढी यसका शाखा छन् । काठमाडौं बाहिर आधा दर्जन बढी । र,विदेशसम्म यो फैलिएको छ । विश्व प्रशिद्ध इन्डोनेसियाली ब्रान्ड जाभा र नेपाली गौरव झल्काउने हिमालयन जोडेर बनाइएको हिमालन जाभा कफी पारखीको लागि रोज्जा गन्तव्य हो । झन्डै डेढ दशक अघि ठमेलको त्रिदेवी मार्गबाट हिमालयन जाभा सुरु भएको हो । हिमालन जाभाको आगमनले नेपालमा कफी संस्कृतिलाई अरु बढाव दिएको पारखीहरु बताउँछन् ।

अँ अब लागौं बालुवाटारतर्फ । बालुवाटारको रसियन राजदुतावासको दायाँतर्फ एउटा व्यापारिक भवन छ । त्यही भवनको पहिलो तलामा छ, हिमालयन जाभा । हामीले अभिनेत्री श्वेतालाई यही भेट्यौं ।

उनी यहाँको साजसज्जामा खटिएकी थिइन् । कहाँ के राख्ने, कसरी बनाउने इत्यादी कुराको निर्देशन दिइरहेकी थिइन् । यो हिमालयन जाभा उनकै स्वमित्वमा सञ्चालन हुँदै रहेछ । त्यही कारण उनी यसलाई फरक साजसज्जा दिन उनी दौडधूपमा थिए ।

‘यसलाई मैले अलि फरक लुक्समा सजाउन खोजेकी’ श्वेता भन्दै थिइन्, ‘यहाँ आउनेले केही फरक अनुभूत गर्न सकोस् भनेर ।’

रेष्टुरेन्टको आन्तरिक सज्जा ‘इन्डष्ट्रियल डिजाइन’मा छ । झट्ट हेर्दा रफ जस्तो देखिन । भित्ताहरु चम्किलो र चिल्लो छैन । भुँइमा टायल छैन । सिलिङमा कुनै लिपपोत छैन । अर्थात त्यहाँको आवरण जस्तो छ, त्यसैलाई कलात्मक बनाइएको छ । धेरै चिरिच्याट्ट छैन । अर्थात कुनै निर्माणधिन घरभित्र बसेर खान्कीको स्वाद लिए झै अनुभव हुनेछ ।

‘विदेशमा घुम्दा मैले धेरै कफी सपहरु यस्तै पाएँ’ श्वेताले भनिन्, ‘त्यसैले मैले यसको साजसज्जा पनि फरक बनाएको हो ।’

यस्तै फरकपन अनुभव गर्दै यहाँ कफीको असली स्वाद लिन सकिन्छ । कफी त यहाँको खास पेय भयो । त्यसबाहेक अरु थुप्रै किसिमको पेय पनि पाउन सकिन्छ । साथसाथै ब्रेकफास्ट र लन्चको लागि पनि बालुवाटारको यो रेष्टुरेन्टमा प्रवेश गरे हुन्छ । यहाँ बिहान सात बजे नै ब्रेकफास्ट तयार हुनेछ । कन्टीनेन्टल खानाका सौखिनले यहाँ आफ्नो स्वादको तलतल मेट्न सक्छन् ।

‘हस्पिटालिटी क्षेत्रमा मेरो विशेष लगाव छ’ श्वेता भन्छिन्, ‘त्यसैले रेष्टुरेन्ट व्यवसायमा हात हालेकी हुँ ।’ यसरी रेष्टुरेन्ट सञ्चालन गर्नुको अर्को गुप्त रहस्य पनि रहेछ, फ्यानसँग प्रत्यक्ष साक्षतकार गर्ने । रेष्टुरेन्ट व्यवसायी भएका नाताले पनि उनी रेष्टुरेन्टसम्म आइपुग्ने आफ्ना शुभचिन्तकसँग प्रत्यक्ष भेटघाट गर्न पाउने कुराले लोभिएकी रहिछन् । भन्दै थिइन्, ‘यो एउटा बाहना पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment