Comments Add Comment

आजका पत्रिका : नेकपाको कार्यालय सरकारी जग्गामा

२१ साउन, काठमाडौं । आजका दैनिक पत्रिकाहरुमा भारतको जम्मु कश्मिरको विशेष राज्यको दर्जा खोसिएको समाचारले मुख्य प्राथमिकता पाएको छ । जम्मु कश्मिर विशेष राज्य रहेन, कश्मिरमा भारतको जोखिमपूर्ण निर्णय, जम्मु-कश्मिर अब केन्द्रशासित लगायतका हेडलाइनमा समाचार छापिएका छन् ।

कान्तिपुर दैनिकमा भने नेपालकै ब्यानर समाचार छ । समाचार हो, ‘नेकपाको कार्यालय सरकारी जग्गामा’ । प्रमुख सत्तारुढ दल नेकपाले सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ, ‘भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन पाउँदैन ।’

नेकपाले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक २ लाख २५ हजार रुपैयाँ भाडा तिरिरहेको पार्टी महासचिव विष्णुप्रसाद पौडेलले बताएका छन् । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार प्रतिष्ठान सञ्चालनका लागि २०६३ मंसिर २१ गते सरकारी स्वामित्वको उक्त जग्गा भोगाधिकारका लागि दिइएको थियो ।

हेर्नुहोस् आजका पत्रिकाका फ्रन्टपेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment