+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

खाना पकाउने ग्यासको मूल्य घट्यो, डिजेल-पेट्रोल महंगियो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते २१:१९

२१ साउन, काठमाडौं । नेपाल आयल निगमले  पेट्रोल तथा डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोल लिटरमा १ रुपैयाँ महंगो हुँदा डिजेल र मटितेलको मूल्य ५० पैसा मात्रै बढेको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २५ रुपैयाँले घटेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक सिलिन्डर ग्यासको लागि १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ ।

हवाई ईन्धनको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।

निगमले गत वर्ष ग्यासमा करिब ६ अर्व नोक्सानी व्यहोरेको थियो । ‘यसैको कारणले हालसम्म स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने,’ मूल्य समायोजन गरेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रतिलिटर क्रमशः १४.३७ र १५.४७ रुपैयाँ सस्तो हुने अवस्था रहन्छ ।’

(यसअघि ग्यासको मूल्यका सम्बन्धमा भएको गल्ती सच्याइएको छः सं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?