+
+
Shares

ट्रान्जिट यात्रुका लागि त्रिभुवन विमानस्थलमा छुट्टै हल बनाइने

अच्युत पुरी अच्युत पुरी
२०७६ साउन २२ गते १०:०६

२२ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब छुट्टै ट्रान्जिट हल बन्ने भएको छ । काठमाडौंमा ट्रान्जिट गरी विभिन्न गन्तब्यमा पुग्ने यात्रुको चाप बढ्न थालेपछि यस्तो हल निर्माण गर्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले त्रिभुवन विमानस्थलमा ट्रान्जिट हल र ट्रान्जिट कार्गो वेयर हाउस बनाउने निर्णय गरेको छ । यसको व्यवस्था मिलाउने जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिइएको छ ।

‘ट्रान्जिटमा आउने यात्रुको संख्या बढेपछि हलका आवश्यकता महसुस भएको हो,’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘उपयुक्त स्थानको खोजी गरिरहेका छौं ।’

अहिले त्रिभुवन विमानस्थलमा एउटा कोठा ट्रान्जिटका लागि छुट्याइएको छ । तर, त्यहाँ एक पटकमा २०/२५ जना मात्र अट्न सक्छन् । कुनै उडानबाट एकै पटकमा ५०/६० जनासम्म पनि यात्रु ट्रान्जिटका लागि आए भने व्यवस्थापनमा हम्मे हम्मे पर्ने गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार १ वर्षमा करिब १ हजार यात्रुले त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्ने गरेका छन् । सन् २०१८ को एक वर्षको अवधिमा ९ सय ५१ जनाले ट्रान्जिट प्रयोग गरेका थिए ।

सबैभन्दा धेरै यात्रु नेपाली कम्पनीका

त्रिभुवन विमानस्थलका महाप्रबन्धक क्षेत्रीका अनुसार त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाएर धेरै यात्रु नेपाली कम्पनीले नै बोकेका छन् । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका धेरै यात्रुले काठमाडौंलाई ट्रान्जिट बनाएका छन् ।

‘दोहाबाट आएको हिमालयको जहाजले काठमाडौं यात्रु झारेर बंगलादेशको ढाका उड्छ,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘उक्त जहाजमा ढाकाका लागि आएका यात्रु काठमाडौंका लागि ट्रान्जिट यात्रु हुन् ।’

नेपाल वायुसेवा निगमले पनि दिल्लीबाट खाडी मुलुक जाने यात्रु बोकेर काठमाडौं आयो भने यहाँ रोकिने यात्रु काठमाडौंका लागि ट्रान्जिट यात्रु मानिन्छन् । खासगरी भारतीय यात्रुहरु खाडी मुलुक जानु पर्दा वा खाडी मुलुकबाट आएका यात्रु भारतीय शहरमा जानु पर्दा नेपाली वायुसेवा कम्पनीमा आई ट्रान्जिट बनाएर यात्रा गर्छन् ।

ट्रान्जिट यात्रु बढ्दा के फाइदा ?

ट्रान्जिट यात्रु बढ्दा वायुसेवा कम्पनीलाई अक्कुपेन्सीमा सहयोग पुग्छ । ठूला शहरका ठूला विमानस्थलहरु ट्रान्जिट गन्तब्यकै कारण विकसित भएका धेरै उदाहरण छन् । सिंगापुर, मलेसिया, टर्की, सांघाईजस्ता शहरहरु ट्रान्जिट हब बनेकै कारण तीव्र आर्थिक विकास गर्न सफल भएका हुन् । किनकि एकै पटकमा १२/१३ घण्टासम्म पनि यात्रुलाई ट्रान्जिट राख्नु परे वायुसेवा कम्पनीले यात्रुलाई होटेलमा राख्छ । उनीहरुसँग पर्याप्त समय हुँदा किनमेलको सम्भावना रहन्छ । रेष्टुरेन्ट र आतिथ्य सेवाका गतिविधिको विजनेस बढ्न जान्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?