+
+
Shares

रहेनन् ऋतिकका हजुरबुवा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २३ गते १२:०५

बलिउडका दिग्गज फिल्म निर्माता तथा निर्देशक जे  ओम प्रकाशको निधन भएको छ । ‘आप कि कसम’, ‘आखिर क्यूँ’, ‘अपनापन’, ‘अपना बना लो’ जस्ता थुप्रै फिल्म निर्देशन गरेका उनको ९२ बर्षको उमेरमा निधन भएको हो ।

उनी बलिउड अभिनेता ऋतिक रोशनका मामा घरका हजुर बुवा पनि हुन् ।

जे. ओम प्रकाशले राजेश खन्नाको सफल फिल्म आपकी कसम, आखिर क्यों तथा जितेन्द्रको फिल्म अर्पण तथा आदमी खिलौना है जस्ता सफल फिल्महरु निर्देशन गरेका थिए । उनले आसकी पंक्षी तथा आदमी खिलौना है जस्ता फिल्ममा निर्माताको रुपमा काम गरेका थिए ।

जे.ओम प्रकाशको निधनप्रति अभिनेता दीपक पराशरले ट्वीट गर्दै उक्त घटनाको जानकारी दिएका थिए । उनको अन्तिम संस्कार पवन हंस विले पार्लेमा गरिएको छ । स्वर्गीय जे. ओम प्रकाशकी छोरी पिंकीले रितिकका बुवा राकेश रोशनसंग विवाह गरेका थिए ।

रितिक रोशन आफ्ना हजुर बुवालाई आफ्ना सुपर टिचर मान्छन् । उनले हालै मात्र ट्वीटमार्फत उनका हजुर बुवाले उनलाई जिन्दगीको हरेक मोडहरुमा उनलाई शिक्षा दिएको तथा त्यही ज्ञान अहिले उनले आफ्ना छोराछोरीलाई दिइरहेको उल्लेख गरेका छन् ।

रितिकका हजुर बुवा मर्सिडिज बेन्ज कारका सौखिन थिए । त्यसैले रितिकले उनलाई आफ्नो घरमा बोलाएर उनलाई उक्त कार उपहारमा दिएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?