Comments Add Comment

कोन्सेलो सिटी आए, ड्यानिलो युभेन्टस गए

काठमाडौं । प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले पोर्चुगिज राइट ब्याक जुआओ कोन्सेलोलाई भित्र्याएको छ ।

म्यानचेष्टर सिटीले उनलाई ६० मिलियन पाउण्डमा भित्र्याएको हो । यससँगै सिटीका फुलब्याक डानिलो भने ३४.१ मिलियनमा सिरी ए च्याम्पियनतर्फ लागेका छन् ।

कोन्सेलोले २०२५ सम्मको सम्झौता गरेका छन् । उनी सिटीमा आनुबन्ध भएका सिजनका तेस्रो खेलाडी हुन् । यसअघि एन्जेलिनो र रोड्री सिटी आइसकेका छन् ।

कोन्सेलोले प्रिमियर लिगमा आफूलाई परीक्षण गर्न उत्साहित रहेको बताएका छन् । २०१८ मा भ्यालेन्सियाबाट ३५ मिलियन पाउण्डमा युभेन्टस गएका उनी लेफ्ट ब्याकका साथै फवार्ड लाइनमा पनि खेल्न सक्छन् ।

पोर्चुगलले नेशन्स लिग जित्दा उनी पनि टिममा थिए ।

युभेन्टस गएका डानालोले पनि ५ वर्षे सम्झौता गरेका छन् । रियल मड्रिडबाट २०१७ मा २६.५ मिलियन पाउण्डमा सिटी आएका उनले सिटीका लागि सबै प्रतियोगितामा परेर ६० खेल खेले । प्रिमियर लिगमा भने जम्मा २२ खेलमा मात्र प्लेइङ ११ मा पर्न सके ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment