Comments Add Comment

डेभिड लुइज आर्सनलमा अनुबन्धित

२३ साउन, काठमाडौं । चेल्सीका डिफेन्डर डेभिड लुइज आर्सनल क्लबमा अनुबन्धित भएका छन् ।

३२ वर्षीय डेभिडलाई आर्सनलले दुई वर्षका लागि आफ्नो क्लबमा भित्र्याएको हो । आर्सनलसँग डेभिडले ८ मिललियन पाउण्डमा सम्झौता गरेका हुन् । उनको मेडिकल टेष्ट आजै हुनेछ ।

ब्राजिलियन खेलाडी डेभिड सन् २०११ बेनिफिकाबाट चेल्सी गएका थिए । चेल्सीबाट सन् २०१४ मा उनी पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगे । पीएसजीमा करिब दुई वर्ष विताएर फेरि उनी सन् २०१६ मा चेल्सीमै फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment