Comments Add Comment

नेकपालाई कांग्रेसको आग्रह : माफी माग्दै सरकारी जग्गाबाट कार्यालय हटाऊ

२३ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारी जग्गाबाट आफ्नो कार्यालय हटाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ ।

पासाङ ल्हामु प्रतिष्ठानलाई भोगचलनको अधिकार दिइएको सरकारी जग्गामा बसेको भवनमा नेकपाको कार्यालय छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारी जग्गामा नेकपाको कार्यालय रहेको खबरले आफू दुःखी र अचम्मित भएको बताए ।

उनले भनेका छन्, ‘हामी आश गर्छौं यस्तो गल्ती गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउनेछ ।’

यो पनि पढ्नुहोस कांग्रेसलाई हेर्ने नेकपाको दृष्टिकोण देखेर दया लाग्यो : विश्वप्रकाश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment